समाज

ग्याँस लिक भएर आगलागी हुँदा एकै परिवारका तीन घाइते

फाइल तस्बिर

सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार बिहान खाना पकाउने क्रममा एक घरमा ग्याँस लिक हुँदा आगलागी भएको छ। आगलागीबाट तिन जना घाइते भएका छन्।

मलंगवा नगरपालिका १० मा कोठा भाडामा लिएर बस्दै आएका ४० वर्षीय अहमद मन्सुरीको कोठामा खाना पकाउने ग्याँस लिक भएर खाना पकाउने क्रममा आगलागी भएको हो। ग्याँस लिक भएको कोठामा आगो सल्किँदा कोठाभरि आगो फैलिएको थियो। आगोमा मन्सुरी, मन्सुरीकी श्रीमती काजुल मन्जुरी र ९ महिनाकी छोरी पनि घाइते भएको प्रहरीले जनाएको छ।

आगलागीको घटना थाहा पाए लगत्तै पुगेको प्रहरीको टोलीले मन्सुरी परिवारलाई उद्धार गरी मलंगवास्थित प्रादेशिक अस्तालमा पु¥याएको थियो। अस्पतालमा तिनै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि नरेशराज सुवेदीले जानकारी दिए।

घाइते तिनै जनाको शरीरको करिब पन्ध्र प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

आगलागीले अन्य कुनै मानवीय र भौतिक क्षति हुन नपाएको स्थानीयको भनाइ छ। आगलागीलाई समयमै नियन्त्रण गर्न सकेकोले ठूलो दुर्घटना हुनबाट जोगिएको स्थानीयको भनाइ छ। 

प्रकाशित: १५ वैशाख २०८० १३:५६ शुक्रबार

आगलागी