समाज

पूजा गरेर फर्कंदै गर्दा ट्रयाक्टरकाे ठक्करबाट बालिकाको मृत्यु

इटहरी– विद्यालयमा सरस्वतीको पूजा गरेर फर्कने क्रममा बुधबार सुनसरी बक्लौरीमा एक बालिकाको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको छ।

बक्लौरी वडा नं. २ का देवनारायण गिरीकी पाँच वर्षीया छोरी जेनिसाको ट्रयाक्टरले ठक्कर दिँदा मृत्यु भएको हो। स्थानीय पञ्चायत माध्यमिक विद्यालयको प्ले ग्रुपमा अध्ययनरत जेनिसा गाउँकै दीपा चागाईंको साइकलमा चढेर घर फर्कंदा को १ त २३३२ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो।

ट्रयाक्टरको ठक्करबाट सिकिस्त जेनिसाको तरहरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  
विद्यालयमा पूजा गर्नका लागि जेनिसा र उनकी दिदी कक्षा ९ मा अध्ययनरत लक्ष्मी गिरी हिँड्दै गएका थिए।

पूजा गरेर लक्ष्मी साथीकै साइकलमा र जेनिसालाई कक्षा ९ मै अध्ययनरत दीपाको साइकलमा चढाएर घर फर्कंदा ट्रयाक्टरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक शान्तराज कार्कीले बताए।

प्रकाशित: १९ माघ २०७३ १२:२८ बुधबार

पूजा गरेर फर्कंदै गर्दा ट्रयाक्टरकाे ठक्करबाट बालिकाको मृत्यु