समाज

पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित

पोखरा—पोखरा उपमहानगरपालिकाद्वारा सञ्चालित पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार नारायण कार्की सम्मानित भएका छन्। 

पत्रकारिताका माध्यमबाट समग्र पोखराको सामाजिक एवम् आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएका पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ। 

पोखरा उपमहानगरपालिकाको २१ औँ स्थापना दिवस तथा वार्षिकोत्सवका उपलक्ष्यमा मंगलबार यहाँ आयोजित समारोहमा अर्थ मन्त्रालयका सहसचिव झलकराम अधिकारीले उक्त पुरस्कारबाट पत्रकार कार्कीलाई सम्मान गरे। 

सो अवसरमा विभिन्न टोल विकास संस्था, नागरिक समाज, पोखरा उपमहानगरपालिकाका उत्कृष्ट एवम् पूर्वकर्मचारी तथा खेलाडीहलाई नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो। 

कार्यक्रममा क्षेत्रीय प्रशासक खगराज बरालले कार्यालयले वार्षिकोत्सव मनाउँदा पुराना योजना सम्पन्न गरी नयाँ योजनाको घोषणामा जोड दिइनुपर्ने बताए। रासस

प्रकाशित: १९ माघ २०७३ ०७:३५ बुधबार

पत्रकारिता पुरस्कारबाट कार्की सम्मानित