समाज

कतारको सपना देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम

पक्राउ मोहम्मद अजमल अलि साह

काठमाडौं— आकर्षक तलब सुविधा तथा खाने-बस्ने व्यवस्था सहित वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने मोहम्मद अजमल अलि साहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोलीले पक्राउ गरेको छ। पुस २९ गते लुकिछिपी ललितपुरको सानेपामा बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पीडितले हैरान भएर आफ्नो राहदानी र रकम फिर्ता माग्दा धाक धम्की देखाई थप रकम माग गर्ने गरेको जाहेरी प्रहरीमा परेको थियो।

विभिन्न व्यक्तिहरुबाट एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको देखिएको छ। प्रतिव्यक्ति १ लाख १० हजारदेखि ३ लाख रुपैयाँसम्म असुली ठगी गरेको उजुरी प्रहरीमा परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। धनुषा, मिथिलेश्वर वडा नं. ९, महुवाई घर भएका उनीविरुद्ध हालसम्म ८७ जनाले जाहेरी दरखास्त दिएका छन्।

अमन भनिने उनले गाउँका इमान्दार व्यक्तिहरुलाई वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर ठगी गर्दै आएका थिए। उनले ठगीका लागि विश्वास दिलाउन नक्कली कागजात बनाई राहदानी लिई स्वास्थ्य परिक्षण समेत गराई नगद लिई ठगी गर्ने गरेको देखिएको छ। विदेशी कम्पनीको नामको डिमाण्ड लेटर, भिषा जस्ता नक्कली कागजातहरू आफैँ बनाई विदेश जाने व्यक्तिहरूलाई रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पीडितले हैरान भएर आफ्नो राहदानी र रकम फिर्ता माग्दा धाक धम्की देखाई थप रकम माग गर्ने गरेको जाहेरी प्रहरीमा परेको थियो। उनी कुनै आधिकारीक वैदेशिकरोजगार व्यवसायी तथा प्रतिनिधि समेत नरहेको देखिएको सिआइबीले जनाएको छ।

उनले ८-९ महिनाको अविधमा पीडितकै नामबाट १५ वटा फरक फरक सिम निकाली प्रयोग गर्दै आएको देखिएको छ।

प्रकाशित: १८ माघ २०७३ ११:०८ मंगलबार

कतारको देखाएर करोडौं ठग्नेसँग १५ मोबाइल सिम