समाज

काठ र कागजात नियन्त्रणमा

डोटी- जोरायल बन फँडानीका क्रममा काटिएको काठ जिल्ला वन कार्यालयले नियन्त्रणमा लिएको छ। जिल्लाबाट गएको अनुगमन टोली काटिएको सम्पूर्ण काठ आफ्नो नियन्त्रणमा लिएको जिल्ला बन अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिए।

यसबाहेक कटानी प्रक्रियामा तयार भएका सम्पूर्ण कागजातहरु पनि झिकाइएका छन्। जिल्ला प्रशासन कार्यालय डोटीको निर्देशनमा छानविनका लागि जिल्ला वन कार्यालयले ती कागजातहरु झिकाएको हो। ‘घटनाको छानविनका लागि कागजातहरु झिकाईसकेका छौ,’ निमित्त प्रमूख जिल्ला अधिकारी शंकर बिष्टले भने।

उनका अनुसार काठ कटानी प्रक्रियामा संलग्न भएको आशंकामा प्रशासनले दुई जना वनका कर्मचारीहरुलाई पनि झिकाएको छ। जसमा बन रक्षक नर बहादुर साहु र अर्का एक कर्मचारीलाई जिल्लामा झिकाएर सोधपुछ भइरहेको स्रोतले जानकारी दिएको छ ।

जिल्ला बन अधिकृत बद्री कुमार कार्कीले अनुसन्धान पछि मात्र थप प्रतिक्रिया दिने बताएका छन् ।

प्रकाशित: १८ माघ २०७३ ०९:१६ मंगलबार

काठ कागजात नियन्त्रणमा