समाज

गोरखापत्र संस्थानको मुद्दामा सफाइ

विशेष अदालतले गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेत ४ जनालाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल र न्यायाधीश बलभद्र बाँस्तोलाको इजलासले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले लगाएको आरोप पुष्टि हुन नसकेको भन्दै आदेश गरेको हो।  

संस्थानका चारजनाविरुद्ध २६ लाख १६ हजार रूपैयाँ बिगो माग गर्दै भ्रष्टाचार गरेको आरोपमा २०७७ भदौ २३ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइराला, बसन्तकाश उपाध्याय, रामसुन्दर चौधरी, दिपककुमार भन्सालीलाई अख्तियारले लगाएको आरोपको प्रमाण नपुगेको भन्दै अदालतले सफाइ दिएको हो।  

अख्तियारले भन्सार छुटको रकममा अनियमितता गरी संस्थानलाई नोक्सान पुराएको दाबी गर्दै आरोपपत्र दर्ता गरेको थियो। अख्तियारले लगाएको आरोप प्रमाणित गर्न नसकेपछि अदालतले सफाइ दिएको छ।

प्रकाशित: १३ वैशाख २०८० ०३:०९ बुधबार

गोरखापत्र संस्थान