समाज

मादक पदार्थ सेवन गरी साथीको हत्या

पाँचथर—अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।

मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन्। आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सो झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिए। रासस

प्रकाशित: १७ माघ २०७३ ०५:०९ सोमबार

मादक पदार्थ सेवन गरी साथीको हत्या