समाज

नागरिक नायक-२०८० का झलकहरु (फोटोफिचर)

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सम्पन्न भएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वर्ष प्रवेशको अवसरमा सोमबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८० घोषणा गरेकाे छ। 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी भएका छन्। कार्यक्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एन पी साउद, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, रघुजी पन्त, लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।  

यस मिडियाले हरेक वर्ष नागरिक नायक घोषणा गर्दै आएको छ। नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याएका तीन जनालाई यसवर्ष नागरिक नायकबाट सम्मान गरिएको छ।  

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टि देसाई, भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापति र लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई यस वर्षको नागरिक नायक घोषणा गरिएको छ।

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि संघसंस्था र व्यक्तिहरुले गरिरहेको अथक मेहनत, प्रयास र सफलतालाई प्राथमिकतामा राखेर नायकहरुको पहिचान गर्दै आएको छ। त्यस्ता व्यक्ति र संघसंस्थालाई सम्मान गरेर व्यक्ति, संघसंसथा र समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ नागरिक नायक घोषणा गर्दै आइएको हो।  

नागरिक नायक-२०८०