समाज

१० वर्षदेखि अधुरै खिड्की जिउला-पीपलकोट सडक

फाइल तस्वीर

जिल्लाको आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट जोड्ने सडक निर्माण सुरु भएको १० वर्षसम्म पनि सडक निर्माणले गति लिन सकेको छैन। २०७० सालबाट निर्माण थालिएको भए पनि विभिन्न पार्टी र दलको खिचातानीले सडक अधुरै छ।

पीपलकोट पुग्ने सडक छैन। जिल्लाकै विकट यो गाउँमा खाद्यान्न तथा भौतिक पूर्वाधार निर्माणका लागि सामग्री ढुवानी गर्न समस्या छ। स्थानीयले दैनिक ६ घन्टाको पैदल बाटोमा पसिना बगाउँदै सास्ती खेपिरहेका छन्।

तर, सडक निर्माणका लागि विनियोजन बजेट भने कार्यान्वयन हुन सकेको छैन। कर्णाली राजमार्गमा पर्ने खिड्किजिउलादेखि पीपलकोट वडा कार्यालय जोड्ने सडक निर्माण योजना अलपत्र परेको छ। उपभोक्ता समितिमा दलहरूले भागबन्डा खोज्दा सडक निर्माणको काम हुन नसकेको हो।

जिल्लाको आठबिस नगरपालिकाको खिड्कीजिउला-पीपलकोट जोड्ने सडक निर्माण सुरु भएको १० वर्षसम्म पनि सडक निर्माणले गति लिन सकेको छैन।

स्थानीयका अनुसार उपभोक्ता समितिले काम गरेका कारण सडक निर्माणले गति लिन नसकेको बताएका छन्। भौगोलिक रूपमा विकट चट्टानी भागमा काम गर्न समस्या थपिने गरेको छ। उपभोक्ता समितिले काम गरेर गोरेटो बाटो पीपलकोट पुर्‍याए पनि अहिले नागरिकलाई दैनिक समस्या हुने गरेको छ।

स्थानीय नैन शाहीका अनुसार उपभोक्ता समिति गठनमा विवाद हुँदा पछिल्लो केही वर्षदेखि सडक निर्माणको काम तीव्र गतिमा हुन नसकेको बताए। ‘सडक निर्माण तथा मर्मतको काम गत कात्तिकमा सकिसक्नुपर्ने थियो, विवादकै कारण कामै हुन सकेन, पुनः म्याद थप भएको छ, अहिले उपभोक्ता समिति गठनमै विवाद भइरहेको छ’, उनले भने।

सडक बोर्ड र आठबिस नगरपालिकाको साझेदारीसहित ४१ लाख रूपैयाँ लागतमा निर्माण हुनुपर्ने सडकको काम सुरु हुन नसकेको वडाध्यक्ष बजिरसिंह विकले बताए। सडक निर्माण नहुँदा विकास निर्माणका काम पनि तीव्र गतिमा हुन सकेका छैनन्। सडक नहुँदा दीप माविको भवन निर्माणमा समेत असर परेको छ। विद्यालयको चारकोठे भवन निर्माणका लागि प्रदेश सरकारले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। विद्यालय भवन निर्माण असारमा सम्पन्न गरिसक्नुपर्ने छ।

सडक बोर्ड र आठबिस नगरपालिकाको साझेदारीसहित ४१ लाख रूपैयाँ लागतमा निर्माण हुनुपर्ने सडकको काम सुरु हुन नसकेको वडाध्यक्ष बजिरसिंह विकले बताए।

सडक निर्माण नहुँदा सामग्री ढुवानी हुन सकेको छैन, भवन निर्माण पनि अलपत्र छ। स्थानीयलाई दैनिक उपभाग्य सामान ढुवी गर्न पनि समस्यामा छ। नगरपालिकाले पनि पीपलकोटको विकास निर्माणमा खासै चासो नदिएको स्थानीय बताउँछन्।

निर्वाचनका बेला सडक, विद्युत्, खानेपानी, शिक्षामा राम्रो काम गर्ने भनेर भोट मागेका मेयर र्तकबहादुर बडुवाल र उपमेयर कल्पना थापा जितेपछि फेरि फकेर नआएको उनीहरू बताउँछन्। पहिला निर्माण भएको सडकको ठाउँठाउँमा पहिरोले बगाएको छ। पहिले काम गरे–नगरेको छुटाउन नसकिने सडकमा स्थानीयको दैनिकी चल्छ।

नगर प्रमुख तर्कबहादुर बडुवालले सडक निर्माणका लागि विवादरहित उपभोक्ता समिति गठन गरेर आउन आग्रह गरेको बताए। ‘सडक निर्माण कार्य छिटो सुरु हुनुपर्छ भन्नेमा नगरपालिकाले चासो दिइरहेको छ, समिति गठनमै विवाद हुँदा सडक निर्माणको काम गुणस्तरीय र दिगो हुँदैन। त्यसैले वडाका अगुवा बसेर विवादरहित समिति गठन गर्न भनेका छौं’, उनले भने।

पहिला निर्माण भएको सडकको ठाउँठाउँमा पहिरोले बगाएको छ। पहिले काम गरे-नगरेको छुटाउन नसकिने सडकमा स्थानीयको दैनिकी चल्छ।

यस्तै कर्णाली राजर्मागको खिड्कीजिउला बजारको बेलीब्रिज भासिने अवस्थामा पुगेको छ। कर्णाली राजर्मागको उक्त पुल जीर्ण बन्दै गएको छ। दैनिक आवतजावत गर्ने उक्त पुलमा सानादेखि ठूलासम्म गरी दैनिक २ सयको हाराहारीमा सवारी आवतजावत गर्ने गरेका छन्।

उक्त पुल मर्मतमा सडक डिभिजन कार्यालयले चासो नदिँदा पछि यातायात सञ्चालनमा समस्या थपिने स्थानीयको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०८० ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App