समाज

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका नाममा सेयर जारी गर्ने

पब्लिक सेयरमा अनुमति पाएका छौं’, उनले नागरिक नायक २०८० को समापन गर्दै उक्त जानकारी दिएकी हुन।

नेपाल रिपब्लिक मिडियाले सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ।  

सोमबार आयोजित नेपाल रिपब्लिक मिडियाका्े १४ औं बार्षिक अवसरमा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले नेपाल रिपब्लिक मिडियाले सम्बन्धित निकायबाट पब्लिक सेयरमा जाने अनुमती पत्र प्राप्त भएको जानकारी दिइन्। ‘हामीले पब्लिक सेयरमा अनुमति पाएका छौं’, उनले नागरिक नायक २०८० को समापन गर्दै उक्त जानकारी दिएकी हुन। 

निर्देशक ज्ञवालीले भनिन, ‘यो संस्था अब केही दिनमा हजुरहरुको सबैको हुनेछ। तपाईहरुले पनि यसको स्वामित्व लिन पाउनुहुनेछ।’ उनका अनुसार धितोपत्र बोर्डले सेयर निष्काशनका लागि अनुमति दिइसकेको छ।

यसैगरी नेपाल रिपब्लिक मिडियाकी प्रमुख कार्यकारी अधिकृत सम्वृद्धि ज्ञवालीले भनिन्, ‘म प्रायः आफैलाई प्रश्न गर्छु कि म एक नागरिकको रूपमा आफ्नो दायित्व पूरा गर्दैछु कि छैन ? हो, यही विचार नै हाम्रो संगठनको गहिरो जरा हो।’

उनले नेपालीले ३ दशक अघि जनआन्दोलन मार्फत अधिकार मात्र प्राप्त नगरेको त्यसको सँगसँगै जिम्मेवारी पनि आएको बताइन्। ‘पहिले लोकतन्त्र थिएन, हामी आफुलाई व्यक्त गर्न स्वतन्त्र थिएनौं। हामीले नीति निर्माणमा भाग लिन सक्ने पनि थिएनौं । तर अहिले त्यो सबै प्राप्त गरेका छौं’, ज्ञवालीले भनिन्, ‘यो स्वतन्त्रता सँगै ठूलो जिम्मेवारी पनि प्राप्त गरेका छौं।’

उनले वास्तविक परिवर्तन र सुधार ल्याउन सबैभन्दा पहिले आफु जागरुक हुनुपर्ने बताइनर। र, भनिन, ‘आफु जागरुक हुन सक्नु नै सबैभन्दा महत्वपूर्ण कुरा हो।’

प्रकाशित: ११ वैशाख २०८० १५:३९ सोमबार

नेपाल रिपब्लिक मिडिया निर्देशक शोभा ज्ञवाली प्रमुख कार्यकारी अधिकृत सम्वृद्धि ज्ञवाली