समाज

तराईमा झरी, हिउँदे बालिलाई नोक्सानी, गहुँलाई फाइदा

वीरगन्जमा शुक्रबार झरी परेपछि छाता लिएर निस्केका स्थानीय युवतिहरु। तस्बिरः रितेश त्रिपाठी

वीरगंज– लामो समयदेखी घेरेको बादल अन्ततः शुक्रवार पानी बनि झरेको छ। मध्यतराईका किसानहरुमा कसैको लागि यो माघेझरी हर्ष लिएर आएको छ भने कसैको लागि बिस्मात। सानोसानो बिराम लिँदै दिनभरी शुक्रबार परेको पानीपछि अब आकाश खुल्ने अनुमान गरिएको छ।

‘गहुँ लगाएका किसान खुसी छन्, पानी हाल्ने बेला परेको झरीले दाना पोटिलो बनाउने छ, रबिअन्न (दलहन र तेलहन) को लागि यो पानी राम्रो होइन्, तीनका फूलहरु ओइलिने छन्,’ रैथाने लोक मान्यताहरुको जानकार उमाशंकर द्विवेदीले भने, ‘जे होस् पानी सकिएपछि आकाश खुल्ने अनुमान छ।’ उनका अनुसार गर्मीयाम सकिने बेला हुने मनसुन त्यस सिजनको अन्नका बालीबृद्धीमा मद्दत गर्छ भने जाडो यामको अन्तमा पर्ने यो पानीले स्तनपायी प्राणीहरुको सन्तानोत्पादन क्रियाको लागि शरीरिक प्रतिक्रियाहरु गराउने गरेको छ।

पानी परेपछि मानिसहरुको दैनिक गतिविधि सिथिल देखियो। शुक्रबार गाउँबाट सहर आउने बाटोमा मानिसको आवागमन न्यून थियो। सहरमा पनि खासै चहल पहल देखिएन। अरु वर्षहरुको तुलनामा यो वर्ष निकै कम शीतलहर र हुस्सु परे पनि करिब दुई महिनादेखि लागातार आकाशमा बादल बाक्लिएको थियो। दिउँसै अध्याँरो हुँदा जाडो बढ्ने गरेको छ। ‘अब मौसम खुल्ने अनुमान छ, त्यसपछि बजारमा पनि चहलपहल बढ्ने छ,’ व्यवसायी धर्मनाथ साहले भने।

 

प्रकाशित: १४ माघ २०७३ १४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App