समाज

प्रधानमन्त्री दाहालले गरे 'नागरिक नायक २०८०' को उद्घाटन

नागरिक नायक २०८० घोषणा कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका छन्।

सोमबार सोल्टि होटलमा भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री दाहाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्। 

मिडियाले आफ्नो १४ औँ वार्षिकोत्सव तथा १५ औं बर्ष प्रवेशका अवसर पारेर नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्‍याउने व्यक्ती र संघसंस्था गरी ३ जनालाई सम्मान गर्न लागेको हो।

यसअघि डा.गोविन्द केसी,महाविर पुन,खैरुन निसा,यन्दिरा सापकोटा,डा। सन्दुक रुइत,रामेश्वरप्रसाद खनाल,रामप्रसाद श्रेष्ठ,फुलकुमारी योञ्जन श्रेष्ठ,पासाङ शेर्पा,धुर्मुस सुन्तली, सत्यमोहन जोशी,पुर्ण गौतम,पवन सिंधानिया श्रीजंग शाह,दिनेश तामाङ,विनोद शाही,मुस्कान खातुन,टेकु अस्पताल, रबिन्द्रलाल चौधरी,सत्यनारायण महतो (आलोक),विष्णु गौतम,छिटुप दोर्जि लामा नागरिक नायक भइसकेका छन्।

प्रकाशित: ११ वैशाख २०८० १२:३३ सोमबार

नागरिक नायक २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल