समाज

राष्ट्रपति चढेको हेलिकप्टर आकस्मिक अवतरण

काठमाडौं-  राष्ट्रपति विद्या भणडारी चढेको नेपाली सेनाको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ। धनगढी महोत्सव उद्‍घाटनको लागि राष्ट्रपति भणडारीलाई लिएर सेनाको हेलिकप्टर त्यस तर्फ उडेको थियो। मौसम खरावीका कारण दाङको भालुवाङ स्थित अर्जुन खोला सशस्त्र प्रहरी क्याम्पमा ११:३० बजे हेलिकप्टर अवतरण गर्नु परेको जिप्रका दाङका प्रहरी प्रमुख एसपी धिरज प्रताप सिंहले जनाए। मौसममा सुधार आएपछि २:३० बजे हेलिकप्टर धनगढीको लागि पुन उडेको छ।

प्रकाशित: १४ माघ २०७३ ०८:५९ शुक्रबार

राष्ट्रपति चढेको हेलिकप्टर आकस्मिक अवतरण