समाज

‘अनटेष्ट’ मोटरसाइकलमा आएका लुटेराले पाँच लाख लुटे

सप्तरी–खडकपुर–३ बस्ने रुपेस यादबलाई नगद तथा मोबाइल लुटपाट गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

काचन–४ बस्ने रजनेश्वर साह स.३ प ९५५६ नम्बरको मोटरसाइकलमा लाहानबाट घरतर्फ जाने क्रममा लुटिएका थिए। बुधबार मानराजा र बोधेबर्साइन गाविसको सिमानामा पर्ने हैटीमा अनटेष्ट लेखेको स.४ प २४६५ नम्बरको मोटरसाइकलमा आएका ३ जना व्यक्तिहरुले मोटरसाइकल रोक्न लगाई हेलमेटले हिर्काई रजनेश्वरको साथमा रहेको नगद ४ लाख ८० हजार रुपैयाँ र सामसुङ ग्यालेक्सी नोट ३ मोबाइल समेत लुटेर भागेका थिए।

फरार अन्य लुटेराहरुको खोजतलास गर्नुको साथै अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ माघ २०७३ ०८:२५ बिहीबार

अनटेष्ट मोटरसाइकलमा आएका लुटेराले लुटे