भेरी नदि किनारमा तिन वटा नगरपालिका समेटेर नमुना शहर बनाईने भएको छ। भेरी किनारमा रहेको भेरीगांगा, लेकवेशी र गुर्भाकोट नगरपालिकालाई समेटिएर आधुनिक नमुना शहर आयोजना बन्न लागेको हो।
नयाँ शहर बनाउँन करिव ४० अर्ब रुपैँया लागत लाग्ने भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यले जानकारी दिए। ‘गुरुयोजना बन्दैछ। १ वर्षपछि नयाँ शहरमा केके योजना तयार हुन्छ विस्तृत सवै त्यसपछि आउने छ।’ निमित्त आयोजना प्रमुख आर्चायले भने, तिन नगरपालिकाको कुन कुन वडामा केके गर्ने सबै ठोस रुपमा गुरुयोजनामा समेटिने छ।’ नयाँ शहर आयोजना पूर्ण रुपमा तयार हुन कम्तिमा पनि २० वर्ष लाग्नेछ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा शुक्रबार भेरीगंगा उपत्यका नमुनाको आधुनिक शहर आयोजनाको कार्यालय उपप्रधान, रक्षा एंवम कानून, न्याय तथा संसदीय मामिला मन्त्री समेत रहेका पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए। सरकारले आर्थिक वर्ष ०६८/०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरेको झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो।
मन्त्री खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम दु्रत गतिमाअघि बढिरहेकोले समयमै सकिने बताए। यस क्षेत्रमा अस्पतालदेखि चार लेनको सडकसम्म बनिरहेको छ। बजार क्षेत्र, कार्यालय क्षेत्र, उब्जनी हुने क्षेत्र लगायतका कुराहरु गुरुयोजनामा समेटिने छ।
प्रकाशित: १० वैशाख २०८० १३:११ आइतबार