समाज

महिला मार्ने बाघलाई चिडियाखाना लगिने

फाइल तस्वीर

शनिबार कञ्चनपुरमा नियन्त्रणमा लिइएको बाघ ललितपुरस्थित चिडियाखाना लगिने भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशन ठगुन्नाले  कञ्चनपुरको बेलौरी नगरपालिकाबाट नियन्त्रणमा लिइएको बाघलाई चिडियाखाना लगिन लागेको बताए।

‘हामीसँग यहाँ खोरमा राख्न पर्याप्त स्रोतसाधन नभएको र बाघले भविष्यमा थप मानवीय क्षति गर्न सक्ने भएकाले चिडियाखाना लगिन लागेको हो।’

बाघले शुक्रबार बेलौरी पचुइमा घाँस काटिरहेकी सोही ठाउँकी ४२ वर्षीया गंगा चन्दलाई आक्रमण गरी मारेको थियो। चन्दसँगै घाँस काट्न गएका अन्य चार-पाँच  महिलाले भागेर ज्यान जोगाएका थिए। बाघलाई नियन्त्रणमा लिन बर्दियाबाट बाघविज्ञ डा. दिनेश देवकोटा नेतृत्वको टोलीले शनिबार बिहान बाघ नियन्त्रणमा लिएको थियो। मृतक महिलाको परिवारलाई निर्देशिकाबमोजिम राहत उपलब्ध गराउने निकुञ्जले जनाएको छ।

प्रकाशित: १० वैशाख २०८० ०५:५१ आइतबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्याप्त स्रोतसाधन नभएको निर्देशिकाबमोजिम राहत उपलब्ध