समाज

ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु

लमजुङ–सुन्दरबजार नगरपालिका–४ भोटेओडारस्थित अँधेरीखोलामा बुधबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक युवाको मृत्यु भएको छ ।

सुन्दबजारबाट सिउँडीबारतर्फ आउँदै गरेको ग १ त ३०२३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा तनहुँको रुपकोट गाविस २ मानेचौकाका २७ वर्षीय पूर्णबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बे्रकफेल भई भित्तामा ठोक्किएर सडकछेउमा पल्टिएको ट्याक्टरले किचिएपछि तामाङको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी हवल्दार भूमिराज घिमिरेले बताए ।

दुर्घटनामा ट्याक्टरका चालक सुन्दरबजार नगरपालिका ६ बरेटारका २७ वर्षीय सुरज गायकलाई स्थानीय कर्मदा अस्पतालमा उपचार पछि प्रहरी हिरासतमा रहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक तामाङको शव पोष्टमार्टमका लागि जिल्ला सामुदायिक अस्पतालमा राखिएको बताईएको छ ।

प्रकाशित: १२ माघ २०७३ १४:३८ बुधबार

ट्याक्टर दुर्घटनामा युवाको मृत्यु