समाज

कपिलवस्तुमा युवा व्यवसायी शर्माले खोले २५ करोड लागतको अत्याधुनिक चिस्यान केन्द्र

नेपाल मै पहिलो पटक कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० धन कौलीको जनकपुरमा अत्याधुनिक चिस्यान केन्द्र संचालन गरिएको छ। युवा व्यवसायी आशिष शर्माले एग्रीबस्तु नामक कृषि संस्था खोलेर २५ करोड बढी लागतमा सो केन्द्र संचालन गरेका हुन। 

धनकौली तरकारी उत्पादन मै जिल्ला मै अग्रणी स्थानमा पर्छ।२ हजार ५ सय मेट्रिक टन क्षमता रहेको केन्द्र परिमार्जित वातावरणीय चिस्यान केन्द्र ( मोडिफाईड एटोमसफियर कोल्ड स्टोरेज ) नेपाल मै पहिलो रहेको संचालक शर्माले पत्रकार सम्मलेन मार्फत जानकारी गराए। केन्द्रमा ८ वटा चेम्बर छन। न्युतम ५० देखि माथिका छन। संचालक शर्माले नेपालमै पहिलो पटक यो प्राविधिक सञ्चालनमा ल्याएको दाबी गरे।

 यो प्रविधिबाट ताजा तरकारी, फलफूल भण्डारण गर्ने गरेको बताए। कोल्ड स्टोरमा तापक्रम माइनस २५ र बढीमा आवश्यकता अनुसार परिमार्जित वातावरण सिर्जना गर्न सक्दछ। यो पद्धतिको कोल्ड स्टोरले पूर्व–निर्धारित तापमान र आर्द्रता कायम गरेर फलफूल वा तरकारीको आयु वृद्धि गर्ने प्रविधि रहेको छ। ब्यापरिक क्षेत्रमा १६ वर्ष लामो अनुभव रहेको संचालक शर्माले स्वदेश मै केही गर्नु पर्छ भन्ने भावनाले केन्द्र संचालन गरेको बताए। नेपालमा कोरोना सुरु भएको समय देखि नै केन्द्र संचालन खोल्ने योजना बनाएका उनले अहिले केन्द्र निर्माण गरेर कृषि क्षेत्रको विकासमा आफू लागेको बताए।

 केन्द्र संचालन गर्नु अघि उनले भारत र नेपालमा रहेको बिभिन्न चिस्यान केन्द्रहरूको अध्ययन अवलोकन गरेका थिए। भारतीय तरकारीहरू आयात भएर बजारमा कब्जा जमाउने तर नेपाली कृषकको उत्पादन गरेका कृषि जन्य वस्तु सडकमा फाल्नु परेको पीडा केही हदसम्म अन्त्य गर्न आफैले केही गर्ने सोचका साथ शर्मा लागेको बताउँछन्। महाशिवरात्री पर्व २०७९ का दिनबाट परीक्षण प्रारम्भ गरी हाल पूर्ण रुपमा सञ्चालनमा ल्याएको जानकारी दिए। कम्पनीको सञ्चालन खर्च मासिक २० लाख रहेको र ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा कपिलवस्तु लगायत देशका विभिन्न जिल्लाका लाखौँ किसानहरू लाभान्वित भएको शर्माले बताए। 

महाशिवरात्री पर्व २०७९ का दिनबाट परीक्षण प्रारम्भ गरी हाल पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ।। कम्पनीको सञ्चालन खर्च मासिक २० लाख रहेको र ७० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रुपमा कपिलवस्तु लगायत देशका विभिन्न जिल्लाका लाखौँ किसानहरू लाभान्वित भएको शर्माले बताए। शर्माले कपिलवस्तु, पाँचखाल, नुवाकोट, चितवन लगायतका जिल्लाहरूबाट आलु ल्याएर करिब १५ सय क्वीन्टल आलु भण्डारण गरेको बताए। कम्पनीले सिजनको समयमा विभिन्न जिल्लाका किसानहरूबाट आलुको चिप्स बनाउने स्थानीय जातको आलु खरिद गरी केही समय भण्डारण गरी आलुको ब्राण्डिङ गरी बिक्री वितरण गर्न योगो फ्रेस दर्ता गरेको बताए।  

यस प्रविधिमा आधारित कोल्ड स्टोरले फलफूल र तरकारीहरू गुणस्तर कायम राखी शेल्फ जीवन विस्तार गर्दछ। खास गरी यस प्रविधिको विशेषता खाद्य उत्पादनको आयु वृद्धि गर्नु रहेको शर्माले बताए।  अत्याधुनिक कोल्ड स्टोरले अक्सिजन र कार्वनडाइअक्साइडको इष्टतम सन्तुलन कायम राखी  माइक्रोबियलको बृद्धिलाइ रोक लगाउने र फलफूल तथा तरकारीलाई बिग्रिन नदिने शर्माले बताए । 

चिसोपनसंगै अक्सिजन कार्बनडाईअक्साईड आर्दशता र एथिलिनको ब्यस्थापन गर्न सकिन्छ। शर्माले तरकारी तथा फल फल्ने तरकारीहरू जस्तै प्याज, लसुन, गाजर, आलु, स्याउ, सुन्तला, अंगुर, मकै, मटर लगायतका लागि यो प्रविधि उपर्युक्त हुने बताए। यस प्रविधिले देशव्यापी रुपमा उच्च माग रहको आलु जस्ता उत्पादनहरूमा चिनीको स्तर नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र यस प्रविधिमा राखिने कोल्ड स्टोरमा राखिने आलु लगायतका खाद्य वस्तुहरूमा टुसा नपलाउने शर्मा बताउँछन्। 

शर्माले कम्पनी सञ्चालनका क्रममा नेपाल सरकारले दिने भन्सार छुट बाहेक त्यस्तो कुनै अनुदान नेपाल सरकारबाट नलिएको बताए। शर्मा पूर्व मन्त्री तथा भारतका लागि नेपाली पूर्व राजदूत दीप कुमार उपाध्यायका पुत्र हुन।  

प्रकाशित: १० वैशाख २०८० ०५:०५ आइतबार

अत्याधुनिक चिस्यान केन्द्र कपिलवस्तुको बुद्धभुमी नगरपालिका युवा व्यवसायी आशिष शर्मा