समाज

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको निधन

उदयपुर- यहाँका एक प्रहरी जावनको मोटरसाईकल दुर्घटनामा परी निधन भएको छ। पूर्वी गाविस रामपुर ठोक्शीलास्थित इलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत जवान ३३ वर्षीय ज्ञानदेव यादवको सोमबार दिउसो दुर्घटनामा परी निधन भएको हो।

सप्तरी प्रसवनी ५ स्थायी घर भएका यादव कामको सिलसिलामा पूर्व जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी निधन भएको हो । को २६ प ३००१ को मोटरसाईकलमा सवार यादव प्रसवनी ५ स्थित सीतापुरमा पोलमा ठोकिएर दुर्घटनामा परेर सख्त घाईते भएका थिए। यादवको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा निधन भएको इलाका कन्चनपुरलाई उद्धृत गर्दै रामपुर इप्रकाका प्रहरी निरीक्षक सुबास राईले बताए।

प्रकाशित: ११ माघ २०७३ १३:३५ मंगलबार

मोटरसाईकल दुर्घटनामा प्रहरी जवानको निधन