समाज

युवाहरूलाई जीवन परिवर्तनको पाठ सिकाउन अल्टिट्युड

लोगो सार्वजनिक कार्यक्रममा भएका सहभागी।

भनिन्छ, ‘पानी र जवानी कहिले फर्केर आउँदैन ।’ यो भनाई ऊर्जाशील युवा पुस्ताले जीवन बर्बाद हुनबाट सचेत हुनुपर्ने कुराप्रति पनि लक्षित छ। कतिपय मानिसहरू जीवन जिउन नजानी नराम्रो लत लाग्न बाध्य भइदिन्छन्।जीवनको सुन्दरता तथा महत्वबारे भेउ नपाउनेहरू लापरबाहीपूर्वक वा नबुझेर क्षणिक आनन्दका लागि आफ्नो अमूल्य जीवनलाई ड्यामेज गर्नतिर लाग्छन्।

यसरी युवापुस्तालाई आफ्नो जीवनलाई गलत बाटोतर्फ लाग्न नदिनका लागि इटहरीमा सामाजिक रुपमा प्रतिष्ठित अगुवाहरूले संस्था खोलेका छन्। जुन संस्थामार्फत उनीहरुले युवा पुस्ताका लागि खेलकुद, शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्ने भएका छन्।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव पिताम्बार तिम्सिना संयोजक र पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ् उपसंयोजक रहेर क्लब खुलेको हो। यसको शनिबार औपचारिक कार्यक्रम गरेर क्लबको लोगो समेत सार्वजनिक गरियो।

सो क्रममा इटहरीका मेयर हेमकर्ण पौडेलले इटहरी क्षेत्रका नामुद एवम् प्रतिष्ठित व्यक्तिले युवालाई सुध्रार्ने अभियानले सकारात्मक परिवर्तन ल्याउने आशा गरे ।खास गरेर नैतिक, चरित्रवान, जिम्मेवार र असल नागरिकको रुपमा युवापुस्तालाई सरकारले भूमिका खेल्नुपर्नेमा समाजकै अगुवा जुट्नुले पनि अब इटहरीमा युवा पुस्ताले सही ट्रयाकमा अघि बढ्ने पौडेलले विश्वास लिए।

क्लबले दुख्र्यसनीको कुलतमा फसेका युवालाई पनि सुध्र्रार्न काम गर्ने सहसंयोजक तामाङ्ले बताए।‘कुनै पनि व्यक्तिलाई सुध्रार्नका निम्ति तत्काल परिवर्तन आइ हाल्दैन,’ उनले भने ‘हाम्रो क्लबले जो व्यक्ति जीवनलाई ध्यान नदिएर खराब बाटोतिर लागेको छ, उसलाई खेलकुदका अभियान र सामाजिक कार्यमा सरिक गराएर परिवर्तन गराउने योजना छ ।’ कतिपय कुलतमा फसेका व्यक्तिलाई सुधार केन्द्रमा राख्ने चलन हुन्छ।‘सुधार केन्द्रमा राख्दा पनि क्षणिक दिन मात्र हुने र दीर्घकालीन रुपमा सुधार नआउने हुँदा उनीहरूलाई प्रत्यक्ष सामाजिक कार्यमै सरिक गराएर सकारात्मक बाटोमा लगाउने योजना छ,’ तामाङ्ले भने।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवम् क्लबका संयोजक तिम्सिनाले आफूले लामो समयसम्म बटुलेको ज्ञानलाई अब विशुद्ध युवाहरूलाई सकारात्मक बाटोतर्फ अग्रसर गराउन खर्चिने बताए।कोसी प्रदेश खेलकुद महासंघका सदस्य सचिव हंसराज वाग्लेले युवा पुस्ताले गलत बाटो लिँदा भविष्यमा असल नागरिक तयार नहुने हुँदा अहिले देखि नै सरकारी तथा सामाजिक अगुवाहरूको भूमिका हुनुले सकारात्मक सन्देश दिएको बताए।उनले युवा पुस्तालाई सुध्रार्नका लागि सबैभन्दा उपयुक्त माध्यम खेलकुद नै भएको बताए।

प्रकाशित: ९ वैशाख २०८० १३:०४ शनिबार

युवा पुस्ता जीवन परिवर्तनको पाठ पिताम्बार तिम्सिना हंसराज वाग्ले