समाज

२ सय ४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

लहान–सिरहा प्रहरीले भारततर्फ लैजान लागेको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय ४९ ग्राम सुनसहित मधुवनी जिल्ला जयनगरका बिकास कुमार साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्ष शेखर कोइरालाले जनकारी दिए।

नेपालबाट भारततर्फ सुन तस्करी बढेको सुराकीका आधारमा साहलाई सीमावर्ती माडर गाउँबाट पक्राउ गरिएको कोइरालाले बताए। ‘अबैध रुपमा पारि तीर सुन तस्करी भैरहेको सूचना पच्छ्याउँदै गएको प्रहरी टोलीबाट साह पक्राउ गरेको हो,’ कोइरालाले भने, ‘यो सुन सिरहाहँुदै जयनगर(भारत) लगिँदै थियो।’ प्रहरी स्रोतका अनुसार पक्राउ सुन लहानबाट खरिद गरिएको थियो।

पक्राउ परेको सुनसहित साहलाई अवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडर पठाइएको एसपी कोइरालाले बताए।
पछिल्लो समय यहाँबाट बिभिन्न नाका प्रयोग गरी सुन भारततर्फ तस्करी हुने क्रम बढेको स्रोत बताउँछन् । यहाँबाट बैदेशिक रोजगारमा गएका कामदारमार्फत सुन नेपाल भिœयाएर भारत तस्करी गर्ने गिरोह नै यहाँ सक्रिय रहेको प्रहरी स्रोत बताउँछन् ।

प्रकाशित: १० माघ २०७३ ०८:०१ सोमबार

४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ