समाज

काउछाे दलेर दिउँसै लुटियो लाख रुपैयाँ

सुरुङ्गा (झापा)-एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् । 

इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आइतबार दिउँसो लुटिएकी हुन् । उनका साथबाट रु एक लाख लुटेर लगेको पीडित लावतीले बताइन् ।

एभरेष्ट बैंकबाट रु ८२ हजार निकालेको र साथमा बोकेको बाँकी रकमसहित रु एक लाख लुटेर लगेको बताइएको छ । कुममा काउछो दलेर एक व्यक्तिले उनलाई एभरेष्ट बैंक अगाडिबाट लुटेको बताइएको छ । रासस

प्रकाशित: ९ माघ २०७३ १५:४२ आइतबार

काउछाे दलेर दिउँसै लुटियो रुपैयाँ