समाज

गमगढी बजारमा आगलागी

सुमन मल्ल-माघ–सदरमुकाम गमगढी बजारका दुई घरमा आईतबार दिउसो आगलागी भएको छ।

माथिल्लो बजारमा रहेको गणेश भट्टको घरमा साढे दुई बजे आगो लागेको थियो। सँगै जोडिएको नोर्बेल लामाको घरमा समेत आगो सल्किएर क्षति पुगेको छ।
भट्टको घरमा डेरा गरेर बस्ने जुम्ला मिचा गाउँका अनिल बस्यालकाअनुसार विद्युत सर्ट हुँदा आगो लागेको हुन सक्छ।

प्रारम्भिक विवरण अनुसार सात लाख क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शारादाप्रसाद चौधरीले आगलागीको कारण र क्षति विवरणबारे अनुसन्धान हुने बताए। प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

प्रकाशित: ९ माघ २०७३ १०:२५ आइतबार

गमगढी बजारमा आगलागी