समाज

गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

फाइल तस्वीर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्षसहित २३ जनाविरुद्ध अनियमितता गरेको भन्दै बिहिबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।  

गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आसादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत गरी २३ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।  

आव २०७५÷०७६ र २०७६÷०७७ मा विनियोजन भएको रकमवाट गाउँपालिका ४ स्थित धन्छवारको पश्चिम कटनिया नयाँ नदीमा पुल निर्माणको काममा अनियमितता गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। आव २०७५÷०७६ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रकम स्वीकृत भएको थियो। पुल बनाउने जिम्मा गाउँपालिकाबाट विष्णुदेव यादव अध्यक्ष रहेको उपभोक्ता समितिले प्राप्त गरेको थियो। निर्माण कार्य समयमै सम्पन्न नगरी बीचमै अलपत्र पारी छाडेको, न्यून गुणस्तरको सामाग्री प्रयोग गरी लथालिङ्ग छोडिएको छ।  

पुलको भौतिक संरचना बेकम्मा बनाएर छोडेको तर, ५ लाख २८ हजार ४४० भुक्तानी लिएदिएको भन्दै अख्तियारले २३ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। अध्यक्ष साहलाई ३१ लाख ७४ हजार बिगो माग गरिएको छ। प्रशासकीय अधिकृतविरुद्ध ५ लाख २८ हजार रूपैयाँ मागदाबी गरिदिएको छ। दोस्रा प्रशासकीय अधिकृत धनिकलाल यादव, सुजितकुमार यादव, लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा ३ का तत्कालीन अध्यक्ष हनुमान मण्डलविरुद्ध २६ लाख ४६ हजार रूपैयाँ बिगो माग दाबी गरिएको छ।  

दोस्रो समितिका समितिका अध्यक्ष उतिमलाल मण्डल, कोषाध्यक्ष गीताकुमारी मण्डल, सचिव परमेश्वर मण्डल, इन्जिनियर प्रोपाइटर इन्जिनिययर ताराकान्त साहविरुद्ध २६ लाख ४६ हजार रूपैयाँ बिगो माग दाबी गरिएको छ। समितिका अध्यक्ष विष्णुदेव यादव, कोषाध्यक्ष जलासकुमारी दनुवार, सचिव महादेव यादव, इन्जिनियर इन्द्रनारायण साहविरुद्ध ५ लाख २८ हजार रूपैयाँ माग दाबी गरिएको छ।

प्रकाशित: ८ वैशाख २०८० ०४:०१ शुक्रबार

भ्रष्टाचार मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष