समाज

कपनमा चक्कु प्रहार गरी महिलाको हत्या

कपनस्थित सरस्वती नगरमा चक्कु प्रहारबाट एक महिलाको हत्या भएको छ। चक्कु प्रहारबाट बाग्लुङको बडिगाड गाउँपालिका घर भई काठमाडौँमा भाँडा पसल सञ्चालन गर्दै आएकी ३५ वर्षीया निरा आचार्यको मृत्यु भएको हो। बिहिबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको थियो।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। आचार्यलाई किन र कसले चक्कु प्रहार गरेकोबारे खुल्न सकेको छैन।  रासस

प्रकाशित: ८ वैशाख २०८० ००:५८ शुक्रबार

कपन चक्कु प्रहार महिलाको हत्या बाग्लुङको बडिगाड गाउँपालिका