समाज

गोइत समूहले राखेको बम निष्क्रिय

सप्तरी-राजविराजमा फेला परेको शङ्कास्पद ग्रिनेड बमलाई नेपाली सेनाले आज अपराह्न निष्क्रिय पारेको छ ।

राजविराजस्थित कृष्ण दल गणका सहसेनानी भोजराज कोइरालाको नेतृत्वमा गएका सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको सक्रियतामा उक्त बम निष्क्रिय पारिएको सेनाले जनाएको छ ।

राजविराज नगरपालिका–१ स्थित फनसराज दुगडको घर अगाडि सो बम फेला परेको थियो । सो बम रहेको हल्लाले यहाँको अवस्था तनावपूर्ण थियो । बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चासमेत भेटिएका छन् । रासस

प्रकाशित: ७ माघ २०७३ ०८:४४ शुक्रबार

गोइत समूहले राखेको बम निष्क्रिय