समाज

आज सुर्य ग्रहणः नेपालबाट नदेखिने, सुतक पनि नलाग्ने

आज सूर्य ग्रहण लाग्दै छ। तर आज लाग्ने सुर्य ग्रहणको सुतक भने नेपाललाई नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।  

नेपालको आकाशबाट सुर्य ग्रहण नदेखिने भएकाले यसको सुुतक नलाग्ने र बार्नु पनि नपन समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु नपर्ने उनले बताए। तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ। वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए।  

प्रकाशित: ७ वैशाख २०८० ०१:५६ बिहीबार

सूर्य ग्रहण सुतक