समाज

पाँच प्रदेशमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरी लाग्ने

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम सफा रहेको छ।  

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  पहाडी भू–भागको थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावन रहेको छ।  

आज राती भने मधेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित  वर्षाको सम्भावना रहेको महाशाखले जनाएको छ। 

प्रकाशित: ७ वैशाख २०८० ०१:२५ बिहीबार

स्थानीय वायु पश्चिमी वायु मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभाग