समाज

ट्याक्टरको ठक्करबाट ८० बर्षीया बृद्धाको मृत्यु

खोटाङ–ट्याक्टरको ठक्करबाट ओखढुंगामा बृद्धाको मृत्यु भएको छ । सिद्धिचरण राजमार्ग अन्तरगत केत्तुकेमा ना ५ त १९७६ नम्बरको ट्याक्टरको ठक्करबाट केत्तुके–३ का ८० वर्षीया सोममायाँ तामाङको मृत्यु भएको हो ।

ट्याक्टरले ठक्कर दिएका बृद्धा तामाङको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । पैदलयात्री बृद्धालाई बिहीबार बिहान ट्याक्टरले ठक्कर दिएको थियो । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ६ माघ २०७३ ०९:४२ बिहीबार

ट्याक्टरको ठक्करबाट ८० बर्षीया बृद्धाको मृत्यु