समाज

बदेलको आक्रमणबाट चार घाइते

इनरुवा-कोसीटप्पु वन्यजन्तु आरक्षमा बुधबार बदेलको आक्रमणबाट चार जना घाइते भएका छन् । 

घाइते हुनेमा सुनसरी पश्चिमकुशाहा–८ बस्ने ८ रिना उराव, सङ्गीता चन्द्रवंशी, रामे उराव र पश्चिमकुशाहा–९ बस्ने चन्द्रदेव यादव रहेको आरक्षको कार्यालयले जनाएको छ । 

खर काट्न आरक्ष गएका बेला उनीहरुलाई बदेलले आक्रमण गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । 

यसैबीच आरक्षले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पहलमा तीन दिनका लागि खरखडाई गर्न खुल्ला गरेको थियो । आरक्ष प्रशासनले खरखडाई गर्न यही माघ २ देखि ४ गतेसम्म पुर्जी वितरण गरेको थियो भने आजदेखि आरक्षको कार्यालय क्षेत्र र विभिन्न छ वटा पोस्टबाट खर काट्नका लागि प्रवेश खुल्ला गरिएको उनले बताए । रासस 

प्रकाशित: ५ माघ २०७३ १५:१० बुधबार

बदेलको आक्रमणबाट घाइते