समाज

खडेरी प्रभावित क्षेत्रमा ३० लाखको चामल

बाजुरा- खडेरी प्रभावित पाँच गाविसमा ३० लाख बराबरको चामल सहयोग गरिएको छ। कामका लागि खाद्यन्न कार्यक्रम अन्तर्गत सुख्खा तथा खडेरी प्रभावित समुदायका लागि राहत स्वरुप चामल सहयोग गरिएको हो।

                गाउँमा आवश्यक विकास निर्माणको पूर्वाधार/संरचनाको निर्माण गरे वापत दैनिक ज्यालामा काम लगाएर चामल सहयोग गरिएको विश्व खाद्य कार्यक्रम बाजुराका प्रतिनिधि गणेश पाध्यायले बताए। सहयोग जिल्लाका मानाकोट, दहकोट, साप्पाटा, रुगीन र बिच्छ्यामा गरिएको हो।

                ती गाविस कृषि विकास कार्यालय र जिल्ला विकास समितिको सिफारिसमा छनोट गरिएका हुन्। बढी प्रभावित र स्थानीयको आय स्तरलाई हेरेर कामका लागि खाद्यन्न सञ्चालन गरिएको साझेदार निकाय सप्रोस नेपालका कार्यक्रम संयोजक बलबहादुर रोकायाले बताए।

                खडेरी प्रभावित १३ गाविस मध्ये छनोट गरिएका ६ गाविस बढी जोखिम र प्रभावित हुन्, भन्छन् निमित्त कृषि विकास अधिकृत मिनप्रसाद जैशीले बताए । कार्यक्रम एक वर्षसम्म सञ्चालन गरिएको हो। खडेरी र प्राकृतिक प्रकोपका कारण २०७२/७३ मा साढे १६ करोड बढी र ७३।७४ मा ११ करोड बढीको अन्न बाली जिल्लामा नोक्सानी भएको थियो।

                कार्यक्रममा पाँच गाविसका ३ हजार १ सय ३३ घर घुरी लाभान्वित भएका छन्। जसमा मानाकोटमा ६७.०५, दहकोटमा ११२.८०, साप्पाटा १४५.९५, रुगीन ७२ र बिच्छ्यामा ७२.१५ गरी जम्मा ४६९.९५ मेक्टीकटन चामल मेक्टीकटन चामल सहयोग गरिएको बताइएको छ।

                खडेरीले उत्पादन नहुने र रोजगारी अभावमा आम्दानी पनि नहुने हुँदा उच्च जोखिममा रहेको समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रम अन्तर्गत मानाकोटमा कृषि सडक र खानेपानी मर्मत गरिएको छ । भने दहकोटमा ३ सिँचाई कुलो, खच्चड बाटो निर्माण र स्वास्थ्य इकाई भवन निर्माण गरिएको छ।

                यसैगरी साप्पाटा, रुगीन र बिच्छ्यामा पनि खानेपानी मुहान मर्मत, दर्जन बढी सिँचाई कुलो मर्मत, खच्चड बामटो मर्मत गरिएको छ । कार्यक्रम अन्तर्गत रुगीनमा १, साप्पाटामा १, मानाकोटमा ६६ र दहकोटमा ४६ वटा भकारो सुधार निर्माण गरिएको छ।

                खाद्यन्न नभएर भोकै बस्नु पर्ने अवस्था आउने थियो, कार्यक्रमले ठूलो राहत पुगेको बिच्छ्याका धर्मलाल सुनारले बताए । खडेरी प्रभावित क्षेत्रका स्थानीयका लागि कामका लागि खाद्यन्न कार्यक्रमले ठूलो सहयोग पुगेको निमित्त स्थानीय विकास अधिकारी प्रेमबहादुर सिंहले बताए।

                विकास पनि हुने, जनताले रोजगारी पनि पाउने अरु कार्यक्रमको संरचना पनि यसै अनुरुप सञ्चालन गर्दा राम्रो हुने काँग्रेस नगर सभापति पदम बडुवालले बताए । बर्हिगमन कार्यक्रममा एमाले उपसचिव गगन रावलले खडेरी प्राकृतिक समस्या भएकोले त्यसको विकल्पमा नदी किनारको जमिन संरक्षणमा ध्यान दिनु पर्ने बताए । कार्यक्रम निरन्तरता भए सिंगो गाविस नलिई केही वडा र भुगोललाई रोज्नु पर्ने माओवादी केन्द्रका सचिव सुझाव दिपक बुढाले दिए।

प्रकाशित: ४ माघ २०७३ ०९:२८ मंगलबार

खडेरी प्रभावित क्षेत्रमा ३० लाखको चामल