समाज

प्रधानमन्त्रीले गरे काठमाडौं–तराई मधेस द्रुतमार्गको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माणाधीन काठमाडौं—तराई मधेश द्रुर्तमार्गको अवलोकन गरेका छन्।

मंगलवार प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहितिको टिमले राष्ट्रिय गौरवको सो परियोजनाको अवलोकन एवं निरीक्षण गरेका हुन्।

निरीक्षणका क्रममा प्रधानमन्त्री दाहालले द्रुतमार्गको हालसम्मको उपलब्धिबारे जानकारी लिएका थिए।  

प्रधानमन्त्री दाहालसँगै  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल सरकारका सचिव र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालगायतको सहभागिता रहेको थियो। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौँलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजनाका रुपमा लिइन्छ।  

प्रकाशित: ५ वैशाख २०८० ०८:१२ मंगलबार

काठमाडौं—तराई मधेश द्रुर्तमार्ग