समाज

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाई तथा शुभकामना दिइएको छ ।

स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनिलाल यादव एवम् सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवकाबीच बिहे भएकाे हाे।

शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो । समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि उपस्थित भएका थिए ।
विवाहको सबै कार्यक्रम आजै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले  जानकारी दिइन्। रासस

सबै तस्बिर: रासस र राष्ट्रपति कार्यलय

राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह