समाज

मिटरब्याज पीडित भन्छन्ः प्रहरीले दमन गर्‍यो

सोमवार रत्नपार्कस्थित शान्ति बाटिकामा पीडितहरुले प्रदर्शन गर्ने क्रममा शान्तिबाटिकाबाट बाहिरिने क्रममा प्रहरीले रोक्दा प्रदर्शनकारी र पहरीबीच झडप भएको हो।

प्रदर्शनमा निस्किएकामध्ये ३० जना मिटरब्याजीपीडितहरुलाई प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याजपीडित एक सदस्यले बताए।

उनले शान्तिपूर्ण रुपमा आफूहरुले प्रदर्शन गर्न लागेपनि पमुख जिल्ला अधिकारीले प्रदर्शनकारीको झण्डामा लौरो रहेको भन्दै प्रदर्शन गर्नबाट रोक लगाएको बताए। उनले  प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको आरोप लगाए। आफ्ना साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति आपत्ति जनाउँदै आफ्नो माग पूरा नभएसम्म आन्दोलन गरीराख्ने उनको भनाइ छ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए। सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो।

प्रहरीले मिटरब्याजीपीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको प्रहार समेत गरेको प्रदर्शनकारीले बताए। सरकारले मिटरब्याजपीडितको एक समूहसँग चैत १८ गते ५ बुँदे सहमति गरेको थियो। तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूहले आन्दोलन गर्दै आएको छ।  

प्रकाशित: ४ वैशाख २०८० ०९:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App