समाज

१५ किलो सुनसहित एक जना पक्राउ

काठमाडौं–१५ किलो सुनसहित एक  जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त बालाजुले १५  किलो सुनसहित  एक जनालाई पक्राउ गरेको हो। ना १ झ ४९६४ नम्बरको  टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेका हुन्।

महानगरीय प्रहरी वृत्त वालाजुको विशेष टोली सुन मालिक खोज्न अपरेश गरिरहेको छ। काठमाडौं परिसरका निमित्त प्रमुख एसपी प्रद्युम्न कार्कीले घटनका  पुष्टि गर्दै थप व्यक्तिको खाजी भइरहेको नागरिकन्युजलाई बताए।

यसअघि पुस २१ गते युएइबाट आएका नोलागंजका गोपालबहादुर शाहीको लगेजमा  साँढे ३३ कीलो सुन सिआइबीले पक्राउ गरी कारवाही गरिरहेको छ।

प्रकाशित: १ माघ २०७३ ०३:४२ शनिबार

१५ किलो सुनसहित जना पक्राउ