समाज

मिनीट्रक दुर्घटनामा २ को मृत्यु

मञ्जु उप्रेती

रामेछाप–रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ ।

दुर्घटनामा भिरपानी– १ का दिनेश माझी र कुमार माझीको घटनास्तलमा नै मृत्यु भएको छ। मिनीट्रकका सहचालक भिरपानी १ का जुगल मगर घाइते भएका छन्। घाइतेलाई राति नै प्रहरीले उद्धार गरी सदरमुकाम मन्थली ल्याएर तामाकेशी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

भिरपानी गाविसको सित्खा बजार नजिक सुनकोशी नदीबाट बालुवा लिएर गाल्वा बजार तर्फ जाँदै गरेको गरेको बा ४ ख १७५५ नम्बरको उक्त मिनीट्रक सडकबाट करिव एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोशीले जानकारी दिए।

यसैबीच जिल्लामा बुधबार बिहान नै भएको टिपर दुर्घटनामा परी घाइते बनेका  सिन्धुली जिल्ला भद्रकाली ८ का मोहन खडकाको समेत धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएसँग उक्त घटनामा मृत्यु हुनेको संख्या २ पुगेको हो । सोही घटनामा सिन्धुली जिल्ला भद्रकाली ८ का कै  १८ बर्षिया रमेश बम्जनको भने घटना स्थलमा नै मृत्यु भएको थियो।
 

प्रकाशित: २८ पुस २०७३ ०८:२५ बिहीबार

मिनीट्रक दुर्घटनामा को मृत्यु