उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिकाको ८ नं वडामा पर्ने राजाबादेखि भान्वाटाबारी जोड्ने निर्माणाधीन सडक खण्डमा पक्की मोटरेबल पुल बनाइने भएको छ। राजाबास–बैरेनी–भान्टाबारी खण्डको शाहीखोलामा पक्की पुल निर्माण हुन लागेको हो।
हरेक वर्षायाममा शाहीखोलामा उर्लने बाढीले स्थानीय जनजीवन प्रभाबित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागेको नगरपालिकाले जनाएको छ। वडाध्यक्ष राजकुमार राउतले २ वर्षभित्र बनाइसक्ने गरी पुल निर्माण सुरु भएको बताए।
त्रियुगा नगरप्रमुख बसन्त बस्नेतले शनिबार आयोजित एक कार्यक्रममा पुलको शिलान्यास गरे। सिल्यान्यास कार्यक्रममा मेयर बस्नेतले शाही खोलामा पुल नहुदा प्रत्येक बर्खायाममा राजावास, बैरेनी, भान्टाबारी र आसपासका जनताले बाढीको चपेटा सहदै आउँँनु परेको हुनाले सो समस्याबाट जनतालाई मुक्त गर्न पक्की पुल बनाउन लागेको बताए। मेयर बस्नेतले त्रियुगालाई भौतिक पुर्हबाधार संरचनालगायत हरेक तवरले विकसित गर्दै समृद्ध नगरपालिका बनाउने योजनाका साथ आफु अघि बढेको बताए।
नगरको विकासमा साथ र सहयोग गर्न पनि उनले सम्पूर्ण नगरबासी तथा सरोकारवालाहरुलाई आग्रह गरे। विकास निर्माण भन्ने कुरा एक्लैबाट संभव नहुने भएकाले सबैको साथ चाहिने उनको आग्रह थियो। ‘म त्रियुगालाई समृद्ध, सभ्य, व्यवस्थित र समुन्नत नगरपालिका बनाउन चाहन्छुु मेयर बस्नेतको अनुरोध थियो ुतर, त्यसका लागि म एक्लैबाट संभव हुन्न, त्यसैले तपाईहरु सबैको साथ सहयोगको अपेक्षा गर्दछु।’
नगरपालिकाको बहुवर्षीय योजना अन्तर्गत सो पुल बन्न लागेको हो। चालु वर्षमा २ करोड खर्च गर्नेगरी पुल बनाउने ठेक्का लागेको वडाध्यक्ष राउतले बताए। उनका अनुसार ४० मिटर लामो २ स्पानको पुल निर्माणको जिम्मा हिम निर्माण सेवाले पाएको छ। २ वर्षभित्र अर्थात आगामी ०८२ बैशाख १२ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको उक्त पुल ४ करोड ५ लाख रुपैयाँमा ठेक्तेका लागेको छ।
प्रकाशित: ३ वैशाख २०८० ०२:३४ आइतबार