समाज

नवजात शिशुको हत्या, दुई पक्राउ

पाँचथर-जिल्लाको उत्तरी सिदिनमा नवजात शिशुको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ। शव फेला परेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। आइतवार सिदिन–४ मा जंगलबाट वेवासरिसे मृत शिशु कुकुरले लिएर आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। विभत्स अवस्था मृत शिशुको शव कुकुरले बस्तीसम्म ल्याएपछि प्रहरी अनुसन्धान थालेको थियो।

स्थानीय एक अबिवाहित युवतीको कोखवाट जन्मिएको शिशुलाई जंगलमा फालेको खुल्न आएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा सिदिन– ४ को लट्टे सामुदायीक वनमा शिशुलाई फालिएको खुल्न आएको पाँचथरका प्रहरी प्रमुख डिएसिपि नकुल पोखरेलले जानकारी दिए। शिशुको हत्या गरी फालिएको आरोपमा सोहि ठाँउ कि २१ बर्षिय रमिला राईलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ परेकी राईले आफुले जन्माएको शिशु हत्या गरी फालेको प्रारम्भिक बयान प्रहरीलाई दिएको पोखरेलले जानकारी दिए। पुष–८ गते राती आफ्नै ट्वाईलेटमा जन्माएको बच्चा जंगलमा फालेको स्वीकारेकी हुन्।

आफ्नो प्रेमी फिदिम–१ का केवल लिम्बुसँगको शारिरीक सम्बन्ध भएको राईले बताएपछि लिम्बुलाई पनि नियन्त्रणमा लिइएको पोखरेलले बताए। उनीहरु विरुद्ध ज्यान मुद्दा अघि बढाउने तयारी प्रहरीले गरेको छ।

 

प्रकाशित: २६ पुस २०७३ १२:२७ मंगलबार

नवजात शिशुको हत्या दुई पक्राउ