समाज

भीरबाट लडेर दुईको मृत्यु

सल्यान– भिरबाट लडेर गए राति दुई मजदुरको मृत्यु भएको छ।

वामे – ३ बाहुनघाटमा झोलुङ्गे पुल निर्माणमा संलग्न मजदुरको राति करिब ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कैलाली–६ थापाचौरका ४५ वर्षीय भरथरी चौधरी र ४४ वर्षीय लामारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जाजरकोट छेडाबजारबाट पुलको सामान लिई फर्कने क्रममा उनीहरु वामे गाविसको करासी भिरबाट राति १० वजेतिर खसेका थिए । शव परीक्षणका लागि सुर्खेत जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २६ पुस २०७३ ०९:२२ मंगलबार

भीरबाट लडेर दुईको मृत्यु