समाज

फूलकुमारी अस्पतालमा आमा र बच्चा विशेषज्ञ सेवा सुरु

ःसिरहाको कर्जन्हा स्थित फूलकुमारी मेमोरियल अस्पतालको सेवा विस्तारबारे जानकारी गराउँदै ।

कर्जन्हा(सिरहा)–एनआरएनका संस्थापक अध्यक्ष एवं उद्योगपति डाक्टर उपेन्द्र महतोले गुणस्तरीय स्वस्थ्य सेवाकालागि अव नेपालीले विदेश जानुपर्ने अवस्था छिटै हट्ने बताएका छन्। उनले भने, ‘आफूले नेपालको पैसा नेपालमै रहने गरी विदेशी विशेषज्ञ डाक्टरमार्फत उपचार हुने नेपाल मेडिसिटि अस्पताल सञ्चालनमा ल्याउन लागेको छु।’

उनले फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा सिरहामा संचालनमा ल्याएको आमा र बच्चा विशेषज्ञ स्वास्थ्य उपचार सेवाको उद्घाटनको क्रममा भने, ‘देहातका आमा र बच्चालाई अकालमा मृत्युवरण गर्न नपरोस भनेर विशेषज्ञ सेवा सुरुवात गरेको हुँ।’

सरकारी स्वामित्वको अस्पतामा विशेषज्ञ सेवा उपलब्ध नहुँदा देहातका विरामीले भोग्नु परिरहेको सास्ती आफूले राम्ररी अनुभूति गरेको उल्लेख गर्दै उनले भने, ‘देहातमा गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने आफ्नो मूल लक्ष्य हो ।’

देहातमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने लक्ष्य अनुसार आफूहरुले कर्जन्हामा आमाको स्मृतिमा फूलकुमारी महतो मेमोरियल अस्पताल साढे चार वर्ष अगाडिदेखि नै सञ्चालनमा ल्याउनुको साथै भैंसेपाटीमा दक्षिण एसियाकै सबैभन्दा ठूलो अस्पतालको रुपमा नेपाल मेडिसिटी अस्पतालको निर्माण गरिरहेको उल्लेख गर्दै उनले, ‘ एक सय रुपैयाँमा शल्यक्रिया सम्मको उपचार सेवा प्रदान गर्ने अस्पतालको खाका कोर्दै छु।’

फूलकुमारी महतो मेमोरियल अस्पतालले साढे चार वर्षको अवधिमा ५५ हजारभन्दा बढी विरामीहरुको उपचार, ८० हजारभन्दा बढी ल्याब इन्भेष्टिगेसन, १५ हजारभन्दा बढी एक्सरे, पाँच हजारभन्दा बढी भिडियो एक्सरे, तीन सय वटाभन्दा बढी शल्यक्रिया, १२ हजारभन्दा बढी प्रसुति र विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढी विरामीहरु स्वास्थ्य सेवाबाट लाभान्वित भएको अस्पतालका प्रसाशन प्रमुख विजय रिमालले जानकारी दिए।
 

प्रकाशित: २६ पुस २०७३ ०४:२२ मंगलबार

फूलकुमारी अस्पतालमा आमा बच्चा विशेषज्ञ सेवा सुरु