समाज

हत्या आरोपी पक्राउ गर्न खोज्दा गोली चल्यो

वीरगन्ज- बाराको एक घटनामा कर्तव्य ज्यानको मुद्दामा अभियुक्त रहेका गिरी वावा भनिने बृजकिशोर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार साँझ पर्साको विजवनिया गाविसको गडैया टोलबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। केन्द्रीय अनुसन्धान व्युरो मध्य क्षेत्रिय कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले गरी लुकेर बसेको अवस्था प्रक्राउ गर्न खोज्दा प्रहरीले गोली चलाउनु परेको थियो। गिरीको बाँया खुट्टामा गोली लागेको छ। प्रहरी नियन्त्रणमा राखेर उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक गोविन्द कुमार साहाले बताए।

पुस १३ गते बाराको करैया जंगलमा भारत विहार लक्ष्मीपुर पोखरीया घर भएका अरुण राम र दीपक रामको शव फेला परेको थियो। उनीहरुको हत्याको शंकामा प्रहरीले गिरीको खोजी गरेको थियो। घटना पछि उनी फरार थिए।

प्रकाशित: २४ पुस २०७३ १४:४३ आइतबार

हत्या आरोपी पक्राउ गर्न खोज्दा गोली चल्यो