सुमन मल्ल
मुगु- जिल्लाको उत्तरी क्षेत्र सोरु भेगको फोतु गाविसमा निर्माणाधीन अवस्थामा रहेको एक सिंचाई आयोजनामा काम गर्न गएका एक स्थानीय युवकको भिरबाट खसेर मृत्यु भएको छ।
फोतु गाविस वडा नम्बर ६ निवासी २८ वर्षका गडकबहादुर मल्लको छर्तर्ने सामुदायिक सिचाई आयोजनाको फलामे पाईप जोड्ने क्रममा आयोजना स्थलमा नै भिरबाट खसेर शनिवार मृत्यु भएको आयोजना निर्माण समितिका अध्यक्ष खडगबहादुर शाहीले जानकारी दिए। आयोजना स्थल गाउँबाट निकै टाढा रहेको र उनको आईतवार नै दाह संस्कार गरिएको उनले जानकारी दिए।
प्रकाशित: २४ पुस २०७३ ११:१३ आइतबार