जुम्ला–जुम्लामा यो वर्षमा पहिलो पटक हिमपात भएको छ। गतवर्षमा कातिक महिनामै हिमपात हुने गरेकोमा यो वर्ष पुस अन्तिममा हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्य रातिदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ । दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।
दुई दिनदेखि बादल लागेका कारण यहाँका सोलारबाट चलेका स्थानीय सञ्चार माध्यम बन्द हुने अवस्थामा पुगेका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा आगो तापेर कार्यालय खुलेका छन्। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीय बताउँछन्। गाईवस्तुलाई दानापानी दिनदेखि बालवालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको स्थानीयले बताएका हुन्।
सबै तस्बिर: डिवी बुढा