समाज

जीप दुर्घटनामा २ को मृत्यु

उदयपुर- जिल्लाको पश्चिमी गाविस हर्देनीमा जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने ७ जना गम्भीर घाईते भएका छन्। कटारी बजारदेखि पहाडी गाविस हर्देनीको गहुँबारीतर्फ जाँदै गरेको स १ ज ३०९ नम्बरको बोलेरो जीप हर्देनी र गहुँबारीको बीचमा भीरमा साँझ ६ बजे दुर्घटना हुँदा हर्देनी ४ का जीप सञ्चालक ३४ वर्षीय टंक बस्नेत र हर्देनी १ की ३२ वर्षीय भिमकुमारी राउतको घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्।

                भीरको घुम्ती सडकमा अनियन्त्रित भई दुर्घटनामा पर्दा जीपमा सवार हर्देनी ४ का सन्तोषी बस्नेत, सोही ठाउँका भेषराज राउत, बिमल बस्नेत, समकुमारी बस्नेत, विष्णुबहादुर कार्की र एलिजा श्रेष्ठ घाईते भएको कटारीस्थित हिमाली यातायात व्यवसायी संघका उपमहासिचव शत्रुघन कार्कीले बताए। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कार्कीले बताए अनुसार जीप सडकदेखि ७ सय मिटरभन्दा तल खसेको छ।

घाईते सबैको अवस्था गम्भीर भएकाले कटारी अस्पतालले थप उपचारका लागि राति नै विराटनगरतर्फ रेफर गरेको कार्कीले बताए। जीप चालक शेरबहादुर खत्री भने हामफालेर ज्यान बचाउन सफल भएको बताइएको छ।

प्रकाशित: २२ पुस २०७३ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App