समाज

३० किलो सुनसहित पिंगलास्थानबाट ३ जना पक्राउ

काठमाडौं– करिब ३० किलो सुनसहित काठमाडौं पिंगलास्थानबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

दुबईदेखि एयर अरेबियाको जहाजबाट काठमाडौं आएका उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा नेपालगन्जका गोपालबहादुर शाही, दिलबन्धु थापा र सन्तोष काफ्ले रहेका सीआईबीकी एसपी मिरा चौधरीले बताइन्।

प्रकाशित: २१ पुस २०७३ १०:०५ बिहीबार

३० किलो सुनसहित पिंगलास्थानबाट जना पक्राउ