समाज

'सडक विस्तारपीडित'को बन्दमा आंशिक प्रभाव (लाइभ भिडियाे)

काठमाडौं– काठमाडौं उपत्यकामा जारी सडक विस्तारको विरोध गर्दै उपत्यकाका जग्गा तथा घरधनीहरुले आह्वान गरेको बन्दका कारण बुधबार राजधानीकाे यातायातमा सामान्य प्रभाव देखिएकाे छ। सार्वजनिक सवारी साधन साविकभन्दा केही कम चलेका छन्।

घोषित बन्दका कारण हाल व्यक्तिको घर भत्काएर सडक विस्तार भइरहेका कलङ्की–थानकोट, चावहील–साँखु, चोभार–फर्पिङ, सीतापाइला–रामकोट, हरिसिद्धिलगायत रुटमा सार्वजनिक तथा छोटो रुटका सवारी कम चलेको महानगरीय ट्राफिक प्रहरीले जानकारी दिएको छ।

सडककाे अवस्था झल्काउन नागरिकन्युजकाे फेसबुक पेजमा गरिएकाे लाइभ भिडियाेः

 

त्यस्तै, सार्वजनिक माइक्रो बसहरु साविकको तुलनामा कम चलेका प्रहरी बताएको छ। टेम्पो, ठूला बसहरु, निजी कार तथा मोटरसाइकलहरुमा भने बन्दको खासै प्रभाव देखिएको छैन।

काठमाडौंमा मुआब्जा र पुनस्र्थापनाको व्यवस्था नगरी स्थानीयको घर भत्काएर सडक विस्तार गरेको भन्दै विभिन्न २२ ठाउँका स्थानीयले सडक विस्तारपीडित संघर्ष समिति गठन गरी आन्दोलन थालेका हुन्।

उनीहरुले आफूहरुलाई मुआब्जा र पुनस्र्थापनासहित विभिन्न १० बुँदे माग अघि सार्दै मंगलबार पर्चा छरेर बुधबार राजधानीमा बन्दको आह्वान गरेका हुन्।  
 

यस्ताे छ बन्दकर्ताहरूकाे पर्चा र माग

प्रकाशित: २० पुस २०७३ ०२:३८ बुधबार

सडक विस्तारपीडितको बन्दमा आंशिक प्रभाव लाइभ भिडियाे