समाज

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ

काठमाडौं–अखिल क्रान्तिकारीका नाममा धाकधम्की दिएको भन्दै पूर्व पर्यटन मन्त्री कृपाशुर शेर्पाले आफ्नै छोरा गणेश शेर्पा बिरुद्ध किटानी जाहेरी दिएका छन । महानगरीय प्रहरी वृत्त गौशालामा शेर्पाले दिएको जाहेरीका आधारमा मंगलबार गौरीघाट प्रहरी वृत्तको टोलीले गणेशलाई पक्राउ गरेको छ ।

वृत्तका डिएसपी नवराज कार्कीले पूर्वमन्त्री शेर्पाले बारम्बार छोरा गणेशको नेतृत्वमा हुल बाँधेर आउने समुहले रकम माग्ने नदिए धम्काउने गरेको भन्दै आवश्यक कारवाहीका लागि जाहेरी परेको बताए । उनका अनुसार शेर्पाले गणेशको समुहलाई बारम्बार रकम दिएको जाहेरीमा उल्लेख गरेका छन ।

वृत्तको हिरासतमा रहेका गणेश बिरुद्ध बुधबार कानुनी परामर्शपछि म्याद लिएर थप अनुसन्धान हुने जनाएको छ ।


 

प्रकाशित: २० पुस २०७३ ०१:०८ बुधबार

पूर्वमन्त्री शेर्पाको जाहेरीमा छोरा गणेश पक्राउ