समाज

करणी आरोपमा भारतीय नागरिक पक्राउ

इलाम– ७ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। करणी आरोपमा पक्राउ भारतको राङबाङ गाउँ पञ्चायत घर भएका ३० वर्षे सुरज योगी पक्राउ परेको प्रहरीले जनाएको छ।

योगी केही समययता पशुपतिनगर–४ मा बसेर मासु बिक्री व्यवसाय गरिरहेका थिए। उनले गत १६ गते बालिकालाई बलात्कार गरेको आरोप प्रहरीको छ । बालिकाको स्वास्थ्य परीक्षण गरिएको र पक्राउलाई मंगलबार जिल्ला अदालतमा म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   

प्रकाशित: १९ पुस २०७३ १२:०१ मंगलबार

करणी आरोपमा भारतीय नागरिक पक्राउ