समाज

जुम्लाबाट हराएका कुन कुन मूर्ति भेटिए ?

जुम्ला-  देपालगाउँका तीन जना महिला काठको मुढा ल्याउन लेकतिर जाँदै गर्दा गाउँ नजिकैको डोग्री खोलामा यत्रतत्र मूर्ति फ्याकिएको भेटे। उनीहरुले तत्काल गाउँका सवैलाई जानकारी गराए। गाउँलेले जिल्ला प्रहरी कार्यालयमा जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय जुम्ला देखि खटिएको प्रहरी नायव उपरीक्षक गुरुविष्ण काफ्ले नेतृत्वको टोलिले मूर्ति भएको स्थान शिल गर्यो।  प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार चन्दननाथ मन्दिरका शंख र रुद्राक्षमाला सहित १७ वटा मूर्ति फेला परेका छन्।

 भेटिएका मूर्तिमा कृष्णवालगोपाल भगवानको पित्तलको मूर्ति थान १,पित्तलको मुकुट,पद्यमा आशनमा वसेको पगरी गुथेको,पितलको राजाको मूर्ति,पित्तलको गणेश भगवानको मूर्ति,पित्तलकै ठूलो वुद्धको मूर्ति, वुद्धकै सानो मूर्ति,दायाँ शंख, वाँया शंख,पित्तलको वुद्ध भगवानको ध्यायन गरेको मूर्ति,पित्तलकै भगवतीको मूर्ति,कृष्ण वालगोपालको मुरली समातेको मूर्ति,ढुंगाको हनुमानकोक मूर्ति,र तामाको भगवतीको मूर्ति भेटिएका हुन्।

खोलामा भेटिएका मूर्ति प्रहरी सुरक्षामा जस्ताको तस्तै राखिएको छ। नेपालगन्ज देखि तालिम प्रप्त कुकुर सहितको टोलि आएर थप अनुसन्धान गरेपछि सदरमुकाम तिर मूर्ति ल्याईने प्रहरीले जनाएको छ। मूर्ति भेटिए पछि स्थानीय निकै खुसी छन्। गुठि समितीका अध्यक्ष गौरीनन्द आचार्यले २०२४ सालमा वनेको दत्तात्रय वावाको मूर्ति बाहेक सवै मूर्ति भेटिएको बताए। उनले भने अब मूर्ति चोर पत्ता लाग्ने विश्वास जागेको बताए।

 

 

प्रकाशित: १९ पुस २०७३ ११:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App