समाज

चोरी मुद्दाका फरार प्रतिबादी ६ बर्षपछि पक्राउ

काठमाडौं- चोरी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सजायँ फैसला भएर पनि फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २०६७ साल जेष्ठ ५ गतेको फैसलाले २ बर्ष १० महिना १३ दिन कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही हालसम्म फरार रहेका नुवाकोट विदुर नगरपालिका–७ बस्ने फरार रहेका २४ वर्षीय अनिल नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले विदुर, नुवाकोटबाट सोमवार पक्राउ गरेको हो। प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको प्रहरीले जनाएको छ।

प्रतिबादी अनिल नेपालीले २०६६ माघ ८ गते राति ठमेल काठमाडौं स्थित संचयकोष भवन अगाडीको सडकखण्डमा पैदल हिडिरहेका राजु महर्जनलाई लुटपाट गरेका थिए। अदालतबाट धरौटी तारेखमा छुटेका निज फैसला भए पश्चात फरार रहेकोमा हाल पक्राउ परेका हुन्।

प्रकाशित: १९ पुस २०७३ १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App